सर्लाहीमा गठबन्धनका उम्मेदवारको अग्रता
सर्लाही | मंसिर ७, २०७९
सर्लाही: सर्लाही निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभाको दुवै तर्फ गठबन्धनका उम्मेदवाको अग्रता रहेको छ ।
वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामप्रकाश चौधरी नौ हजार तीन सय ८३ मतका साथ अग्रस्थानमा रहनुभएको जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी निर्मल पोखरेलले जानकारी दिनुभयो ।
उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का आठ हजार एक सय ७२ मतका साथ दोस्रो स्थानमा रहनुभएका छन् ।
यता सर्लाही निर्वाचन क्षेत्र नं १ (१) मा प्रदेशसभा तर्फ वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार उपेन्द्र महतो अग्रस्थानमा रहनुभएको छ ।
त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नं १ (२)मा प्रदेशसभा तर्फ गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार बेचि लुङ्गेलीको जीत नजिक पुग्नु भएको छ ।
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

